निराकरण खबर अछाम:अछाम जिल्लामा भुस्याहा कुकुरको बिगबिगी बढेको छ।भुस्याहा कुकुरले बान्नीगढी जयगढ गाउँपालिका १ गाज्रा २ जनालिकोट र साँफेबगर नगरपालिका ६ भाग्यश्वर ७ रिडिकोट र ८ चण्डिकामा बाख्राहरुलाई आक्रमण गर्न थालेका छन् ।
भुस्याहा कुकुरले बान्नीगढीको गाज्रामा ३, साँफेबगर नगरपालिका ६ भाग्यश्वरमा ४ रिडिकोटमा ३ र चण्डिकामा ४ गरी १४ बढी बाख्राहरुलाई आक्रमण गरि सख्त घाइते बनाएका स्थानीय नागरिकहरुले बताए ।
३/४ वटा कुकुरहरु सँगै आउने र घरमा बाधेको अवस्था र जंगलमा चराउन लिएको अवस्थामा बाख्राहरुलाई आक्रमण गर्ने गरेको बान्नीगढी जयगढ गाउँपालिका १ गाज्राका किसान इमान सिहं खड्काले बताए ।
भुस्याहा कुकुरले बाख्राहरुलाई आक्रमण गर्न थालेपछि किसानहरु चिन्तित र त्रासित बनेका छन। खेतीपातीको समय छ, घरका सबै काममा गएका हुन्छन् कतिबेला बाख्राहरुलाई आक्रमण गरि मारिदिन्छन,पत्तै हुदैन साँफेबगर नगरपालिका ७ भाग्यश्वरका ज्योति कडाराले भने।