Advertisement
SKIP THIS
साँफेबगर नगरपालिकाको कार्यपालिका बैठकमा प्रमुख प्रशासकीय अधिकृतको खोजी (भिडियो सहित)

निराकरण खबर अछाम:साँफेबगर नगरपालिकाको कार्यपालिका बैठकमा प्रमुख प्रशासकीय अधिकृतको खोजी भएको छ। नगरपालिका नगर सभाको १३ औं अधिवेशनको चौथो बैठकमा सभा सदस्य तथा साँफेबगर नगरपालिका ७ रिडिकोटका अध्यक्ष हिम्मत कडायतले निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रशाद शर्माको खोजि गरेका हुन ।उनले आर्थिक दायित्व प्राप्त निमित्त प्रमुख प्रशासकीय अधिकृतको खोजी गर्दा नगर सभाका अधिकांश सदस्यहरुले तालि बजाएर उनको समर्थन गरेका थिए ।

निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रशाद शर्माले आफ्नो जिम्मेवारी पूरा गर्न नसकेको गर्ने नसक्ने भए पद छोड्नुपर्ने वडाअध्यक्ष कडायतले बताए ।नगर सभाको १३ औं अधिवेशनको चौथो बैठकमा वडाअध्यले कडायतले प्रमुख प्रशासकीय अधिकृत माग गर्ने प्रस्ताव माग गरे,नगर कार्यपालिकाले बनाएको निमित्त प्रमुख प्रशासकियले काम नगरे कहिलेसम्म नगरपालिका चलाउने भनेर सभमा प्रश्न गरे।

निमित्त प्रमुख प्रशासकिय किन बजेट पास गर्न नगर सभामा अनुपस्थित भएको भनेर हामीले नगरपालिका सूचना अधिकारी अम्बर बहादुर बोहरालाई सोध्दा उनलेे स्वास्थ्य समस्या आएर अनुपस्थित हुन नसकेका बताए ।

भिडियो

तपाईको प्रतिक्रिया