Advertisement
SKIP THIS
मेल्लेख गाउँपालिका ५ बिन्धेवासीनीको अर्को जनमुखी काम

अछाम :अछामको मेल्लेख गाउँपालिका ५ बिन्धेबासीनिले कैलालीको अत्तरियामा सञ्चालन गरेको बायोमेट्री Verification शिविरबाट २१ जनाले सेवा लिएका छन।

सामाजिक सुरक्षा भत्ता परिचय पत्र नविकरण गर्दा सर्भरमा समस्या भई राष्ट्रिय परिचय पत्र बायोमेट्री Verification हुन नसकेका समाजिक सुरक्षा भत्ता लाभग्राहीको बायोमेट्री Verification का लागि वडा अध्यक्ष प्रकाश अधिकारी कर्मचारी सहित कैलालीको अत्तरिया पुगेका थिए ।
अछाम जान नसक्ने सेवा ग्राहिहरुलाई कैलालीको अत्तरियाको पाटनर प्लेस रिसोर्टबाट २ दिन सम्म सेवा दिईएको थियो ।सामाजिक सुरुक्षा पाउने जेष्ठ नागरिक,अशक्त ब्याक्ती भएका उनिहरु अछाम गएर बायोमेट्री गर्न जान अप्ठ्यारो पर्ने भएकाले कैलालीमै शिबिर मार्फत सेवा प्रवाह गरिएको वडा अध्यक्ष प्रकाश अधिकारीले बताए ।शिबिर फागुन २४ र २५गतेसम्म सञ्चालन भएको थियो ।

तपाईको प्रतिक्रिया