अछाम :अछाम जिल्लाको साँफेबगरमा रहेको बयालपाटा प्रादेशिक अस्पतालमा माग भएका ४ कार्यालय सहयोगीको लागि ८९ जना संक्षिप्तमा परेका छन् । यहि भाद्र ३ गते प्रकाशित भएको सुचना अनुसार आवेदन दिएका सबै सक्षिप्त सुचीमा समाबेश भएका छन् ।
४ जना कार्यालय सहयोगीका लागि यति धेरै संख्यामा आवेदन परेको देखिएको छ । यस्तै सरसफाईकर्मीका ३ पदका लागि १७ जना, हलुका सवारी चालक १ जनाका लागि ९ जना संक्षिप्त सुचीमा समाबेश भएका छन् । र सुरक्षा गार्ड २ जनाको पदका लागि १६ जना संक्षिप्त सुचीमा परेका छन् ।