Advertisement
SKIP THIS
टीकापुर उद्योग बाणिज्य संघको अध्यक्षमा सन्तोष खड्का बिजयी

टीकापुर :कैलालीको टीकापुरमा रहेको टीकापुर उद्योग बाणिज्य संघको अध्यक्षमा सन्तोष खड्का बिजयी भएका छन् ।आईतवार सम्पन्न मत भएको मतगणनामा खड्का अध्यक्षमा ६ सय २७ मत ल्याएर बिजयी हुदाँ उनका प्रतिस्पर्धी कृष्ण प्रशाद उपाध्याय बजगाईले ५१४ मत पाए।

यस्तै उद्योग तर्फको उपाध्यक्ष दिपेन्द्र रावल ५ सय ४० मत पाउँदा उनका प्रतिस्पर्धी तपेन्द्र कुवरले ५ सय २३ मत पाउदा वाणिज्य तर्फको उपाध्यक्ष अर्जुन भट्टराईले ५ सय ४५ मत पाउँदा उनका प्रतिस्पर्धी लोकेश साउदले ५ सय ३६ मत पाए।

यस्तै महासचिवमा प्रकाश तिमिल्सिनाले ५ सय ६१ मत ल्याई बिजयी हुदा उनका प्रतिस्पर्धी पृथ्वी राज ढुंगानाले ५ सय ५१ मत पाए।

सचिवमा प्रकाश शाहले ५ सय ५४ मतका साथ बिजयी हुदाँ उनका प्रतिस्पर्धी हिक्मत रावलले ५ सय १५ मत पाए।संघको कोषाध्यक्षमा टीका शाही ५ सय ६७ मत पाएर निर्वाचित हुदाँ उनका प्रतिस्पर्धी टेक बहादुर सोडारीले ५ सय ३५ मत पाए।शनिबार भएको निर्वाचनमा १ हजार १सय ७९ मत परिणाम खसेका थिए ।

तपाईको प्रतिक्रिया