Advertisement
SKIP THIS
कुलिङ पिरियडमा किर्ते गर्ने रामहरिलाई न्यायाधीश छान्ने समितिको जिम्मा

काठमाडौँ :कुलिङ पिरियडमा लिखत किर्ते गरेका रामहरि न्यायाधीश छान्ने समितिको सभापति दिईएको छ। सङ्घीय संसद् संसदीय सुनुवाइ समितिको सभापतिमा नेपाली कांग्रेसका नेता रामहरि खतिवडा निर्विरोध चयन भएका छन् ।

समितिका ज्येष्ठ सदस्य पशुपतिशम्शेर जबराको अध्यक्षतामा आज बसेको समितिको बैठकमा उनलाई निर्विरोध चयन भएको घोषणा गरिएको हो । नवनिर्वाचित खतिवडा नेपाली कांग्रेसका सांसद छन् ।

समितिका यसअघिका सभापति ईश्वरीदेवी न्यौपानेले राजीनामा दिएपछि रिक्त सभापति पदमा खतिवडाको मात्र उम्मेदवारी परेको थियो । बैठकमा नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्यामकुमार घिमिरेले सांसद खतिवडालाई सभापति निर्वाचित गरियोस् भनी राखेको प्रस्तावलाई नेकपा (एमाले)का संसदीय दलका मुख्य सचेतक महेशकुमार बर्तौलाले समर्थन जनाएका थिए । 

केही समयअघिसम्म उनी राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिकै जिम्मेवारीमा थिए । उनले निजामति विधेयकको कुलिङ अफ पिरियडसम्बन्धी प्रावधानमा छेडखानी गरेका थिए । सो विषय छानबिन गर्न बनेको संसदीय समितिले पनि उनलाई करार गरेको थियो । तर अहिले कांग्रेस र एमालेले उनलाई न्यायाधीशको सुनुवाई गर्ने समितिको सभापति बनाएको छ । 

तपाईको प्रतिक्रिया