दार्चुला:दार्चुलामा तीन पाङ्ग्रे अटो रिक्सा खोलमा खस्दा ३ जना बेपत्ता भएका छन।सोमबार दार्चुलाको नौगाड गाउँपालिका वडा नम्बर ५ मा अटो दुर्घटना हुँदा तीन जना बेपत्ता भएका हुन।
नौगाडको होपरीगाडबाट मसिनाबगर तर्फ गइरहेको म १ ह ११४८ नम्बरको अटो सोमबार दिउँसो नौगाड खोलामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी छत्र बहादुर रावतले बताए। बेपत्ता हुनेहरुको परिचय खुल्न सकेको छैन।
पहाडी क्षेत्रमा जोखिम रहेपनि सुदूरपश्चिमका पहाडी जिल्ला तीन पाङ्ग्रे अटो रिक्सा बढ्दै गएका छन।