अछाम:अछामका प्रमुख जिल्ला अधिकारी आनन्द सारुले छाउपडि गोठ लगाउने र गोठमा बस्न बाध्य पार्नेलाई कानुन अनुसार कारवाहि गरिने बताएका छन।
केही दिन अघि अछामको पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ५ मा प्रमुख जिल्ला अधिकारी शारु र प्रहरी प्रमुख डिएसपी ओमप्रकाश खनाल पुगेका थिए ।पहिले छाउगोठ भत्काईएपनि अचेल लागिरहेकाले गोठ भत्काउन निर्देशन दिएको र नभत्काईएको पाईए नभत्काउनेहरुको लगत संकलन गरि सबैलाई मुद्दा दर्ता गरि कानुन अनुसार कारवाहि गरिने बताएका छन।
शुक्रबार पञ्चदेवल बिनायक नगरपालिका ८ मा छाउ भएकै कारण त्रिपालमा बसेकाहरुको भिरबाट खसेको ढुंगा लागेर मृत्यु भएको भन्दै प्रमुख जिल्ला अधिकारी अब प्रशासन कानुन प्रकिया अनुसार अगाडि बढ्ने बताए ।
मुलुकी अपराध संहिता, २०७४ को – धारा १६८ (३) अनुसार “यदि कसैले महिनावारी विभेद गर्छ भने मुलुकी अपराध संहिता ऐन २०७४ को दफा १६८ को उपदफा ३, ४, र ५ अनुसार ३ महिना जेल अथवा रु ३००० जरिवाना वा दुवै सजायको ब्यावस्था हुने उल्लेख गरिएको छ।