Advertisement
SKIP THIS
अछामको बिनायकमा महिनावारी हुदाँ त्रिपालमा सुतेका २ को ढुंगा लागेर मृत्यु

अछाम:अछामको पंचदेवल विनायक नगरपालिका वडा नम्वर ८ को बारलामा महिनावारी हुदाँ त्रिपाल टागेर सुतेको समयमा ढुंगा लागेर दुई जनाको ज्यान गएको छ। शुक्रबार विहान करिव ३ बजेको समयमा सेलापानीस्थित चुरखोली टोलमा उक्त घटना भएको हो।

वडा अध्यक्ष छत्रबहादुर शाहीका अनुसार मृत्यु हुनेमाश्री खनालको ३५ वर्षीय निम खनाल र ८ वर्षीया कविता भण्डारी छन्। कविता गोरे भण्डारीकी छोरी हुन्। गोरेको श्रीमती  ३६ वर्षीया रत्ना भण्डारी शक्त घाइते भएकी छिन्। निम र रत्ना दुबै महिला महिनावारी भएको समयमा घरदेखि टाढा खेतबारीमा त्रिपाल टाँगेर सुतेको अवस्थामा घट्ना भएको वडा अध्यक्ष शाहीले बताए। कविता आमासँगै सुत्न गएकी बुझिएको छ।

घाइते रत्नकालाको टाउकोमा चोट लागेकोले अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। उनलाई उपचारको लागि स्थानीय स्वास्थ्य चौकी बारला पठाइएको बुझिएको छ।गोठहरु भत्काइए पनि महिनावारी भएको समयमा कोहो पाल टाँगेर, कोही डोकोमा त कोही सौचालयमा समेत सुत्ने गरेको शाहीले जानकारी दिए।

तपाईको प्रतिक्रिया