अछाम:राष्ट्रिय प्रतिभा पुरस्कार संस्कृति विधा तर्फबाट देबेन्द्र प्रशाद भट्ट सम्मानित भएका छन् । बुधबार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले भट्टलाई सम्मानित गरेका हुन।बि.स२०३९ भाद्र ४ गते तत्कालीन घुघुरकोट गाबिस १ कुमैस्थानमा जन्मिनु भएका भट्टका विभिन्न कृतिहरु प्रकाशित भएका छन।
साहित्य-संस्कृतिका पहरेदार डा. देवेन्द्र प्रसाद भट्ट राष्ट्रिय प्रतिभा पुरस्कारबाट विभूषित हुनु भएको छ । अछामको ऐतिहासिक भूमिमा जन्मिएर सम्पूर्ण सुदूरपश्चिमलाई गौरवान्वित बनाउँदै आउनु भएका डा. देवेन्द्र प्रसाद भट्ट नेपाली साहित्य, संस्कृति, धार्मिक र शिक्षाका एक बहुआयामी प्रतिभा हुनु हुन्छ। २०४० साल साउन १४ गते घुघुरकोट-१, कुमैस्थान अछाममा राधा देवी र हर्ष प्रसाद भट्टको कोखबाट जन्मनु भएका भट्ट हाल सुदूरपश्चिमाञ्चल क्याम्पस, धनगढीमा नेपाली भाषा तथा साहित्यका प्राध्यापक हुनु हुन्छ। उहाँको शैक्षिक उपलब्धि विद्यावारिधिसम्म पुगेको छ भने शिक्षा क्षेत्रमा दुई दशक भन्दा बढीको समर्पण रहेको छ।
उहाँले ‘परिस्थिति’ कविता संग्रह २०५९ ‘तिनतन्त्र’ उपन्यास २०६४, ‘द्रष्टा दृष्टि’ समालोचना कृति २०७२०, ‘सिद्धगुफा तथा कालालेकी महात्म्य’ २०७८ अध्ययनसम्म विविध विधामा कलम चलाउनु भएको छ। विद्यावारिधि अनुसन्धानको रुपमा ‘अछामको होरी’ २०७९ नेपाली लोक जीवन माथिको एक महत्वपूर्ण दस्तावेज हो।
विभिन्न शैक्षिक क्षेत्रमा योगदान पुर्याउनु भएको उहाँ हाल सुदूरपश्चिमाञ्चल क्याम्पससम्म अध्यापनरत हुनु हुन्छ । बिएड,बि.ए. र एम.एड तहका निर्देशकका रुपमा रहनु भएका उहाँले विभिन्न तहका पाठ्यपुस्तक लेखनमा पनि उत्तिकै योगदान दिँदै ‘सामाजिक तथा मनोभाषा विज्ञान’, ‘भाषिक अनुसन्धान पद्धति’, ‘साधारण नेपाली’ आदि कृतिहरु प्रकाशनमा ल्याई सक्नु भएको छ।
साहित्यिक पत्रिका ‘नौलो पाईलो’, ‘महामाया’, ‘सौराई’का सम्पादकको हैसियतले उहाँले युवा लेखकहरुको मार्गदर्शन गर्नुका साथै विभिन्न लेख, आलोचना र अनुसन्धानमा पनि उत्तिकै क्रियाशीलता देखाउनु भएको छ।
डा. भट्ट केवल शिक्षण र लेखनमै सीमित हुनु हुन्न, उहाँ धार्मिक कार्यक्रमहरुमा भागवत सप्ताह देखि नवाह सञ्चालन, टेलिभिजन तथा रेडियो कार्यक्रम सञ्चालनमा समेत सक्रिय हुनु हुन्छ । राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा उहाँलाई सावित्री कमल राष्ट्रिय लोक संस्कृति पुरस्कार, नेपाल विद्याभूषण ‘क’, सहिद दशरथ चन्द स्मृति सम्मान, देवनागरी सम्मान उत्तराखण्ड भारत, व्यासाचार्य आदि उपाधिले विभूषित गरि सकेको छ।
उहाँ आजका सन्दर्भमा एउटा प्रेरक व्यक्तित्वका रुपमा उदाउँदै आउनु भएको छ-जसले नेपाली लोक संस्कृति, साहित्य र शिक्षालाई एकै साथ उचो बनाउँदै ल्याउनु भएको छ । पश्चिम नेपालका मौलिक संस्कृति र पूर्वीय दर्शन प्रति समर्पित यो व्यक्तित्व, आजका पुस्ताका लागि आदर्शको जीवित उदाहरण बन्न सफल हुनु भएको छ ।
यस्तो छ देबेन्द्र प्रशाद भट्ट व्यक्तिगत विवरण
नाम : देबेन्द्रप्रसाद भट्ट
जन्म : २०३९/ ०४/ ४
माता : राधादेवी भट्ट
पिताः हर्षप्रसाद भट्ट
पत्नीः कुन्ती जोशी भट्ट
जन्मस्थान घुघुरकोट १ कुमैस्थान अछाम
शिक्षा विद्यावारिधि
पेसा प्राध्यापन
प्राध्यापन विषय नेपाली भाषा, साहित्य
हाल संलग्न सुदूरपश्चिमाञ्चल क्याम्पस धनगढी कैलाली
स्थायी ठेगाना साँफेबगर नगरपालिका १० घुघुरकोट अछाम
अस्थायी ठेगाना ध.उ.म.न.पा ५. हसनपुर ज्योतिनगर धनगढी कैलाली
सम्पादन नौलो पाइलो, महामाया सौराई अछामको आरोहण, नौमती आदि साहित्यिक पत्रिका
कृतिहरु
१ परिस्थिति कविता संग्रह (२०५९)
२ तिनतन्त्र उपन्यास (२०६४)
३ द्रष्टा दृष्टि समालोचना ( २०७२)
४ सिद्धगुफा एवम् कालालेकी महात्म्य (२०७८)
५ अछामको होरी (२०७९) विद्यावारिधि अनुसन्धानमूलक
पाठ्यपुस्तक
१ सामाजिक तथा मनोभाषाविज्ञान (२०६७) एम. एड् दोस्रो वर्ष ।
२ भाषिक अनुसन्धान पद्धति (२०६८) एम. एड् दोस्रो वर्ष ।
३ साधारण नेपाली (२०६८) बि. एड् प्रथम वर्ष ।
प्रकाशोन्मुख साहित्यिक कृतिहरु
विरेचन आत्मकथा
दीप्तका कविता
श्रीमद्भागवत पद्यानुवाद
पश्चिम नेपालका प्रसिद्ध लोकसंस्कृति
सम्पादक
नौलो पाइलो (२०६७)
महामाया (२०७०)
सौराइ अछामको (२०७१)
नौलो पाइलो, मिर्मिरे, वैजयन्ती, प्रभात, लगायत अन्य पत्रिकाहरुमा सिर्जनात्मक, अनुसन्धानात्म तथा समालोचनात्मक लेख रचनाहरु प्रकाशित ।
शैक्षिक अनुभव
— पायोनियर उ.मा.वि तुप्चे नुवाकोट (२०६३)
—शारदा उ.मा.वि दैजी कञ्चनपुर (२०६४—२०६८)
—रेडियन्ट उ.मा.वि महेन्द्रनगर कञ्चनपुर (२०६४—२०६८)
—वीरेन्द्र विद्या मन्दिर महेन्द्रनगर कञ्चनपुर (२०६४—२०६८)
—बालजागृति कलेज महेन्द्रनगर कञ्चनपुर (२०६४—२०६८)
—जनज्योति बहुमुखी क्याम्पस महेन्द्रनगर कञ्चनपुर (२०६४—२०६८)
—फारवेष्ट टेक्निकल कलेज धनगढी कैलाली (२०६८—२०७०)
—ग्यालेक्सी उ.मा.वि धनगढी कैलाली (२०६८—२०७०)
—शारदा विद्या निकेतन धनगढी कैलाली (२०६८—२०७०)
—नेपाल वेष्टर्न कलेज धनगढी कैलाली (२०६८—२०७५)
—सुदूरपश्चिमाञ्चल क्याम्पस धनगढी कैलाली (२०६८— हालसम्म)
कार्यक्रम प्रमुख बि.ए, बि.एड, एम. एड २०८० चैत्रदेखि
सुदूरपश्चिमाञ्चल क्याम्पस धनगढी कैलाली
शोधनिर्देशन
एम.ए. एम.एड तहका विभिन्न शोधपत्रको निर्देशन
स्नातक तहका विभिन शोधपत्रहरुको निर्देशन
कार्यपत्र लेखन तथा प्रस्तुत
नेपाली भाषा साहित्य संगोष्ठी (२०६८) धनगढी
राष्ट्रिय लोकसाहित्य सम्मेलन (२०६९) काठमाडौं
आदिकवि भानुभक्त आचार्य द्विशतवार्ष्िाकी कार्यक्रम (२०७१) धनगढी
राष्ट्रिय लोकवार्ता संगोष्ठी (२०७३) काठमाडौं
कार्यक्रम सञ्चालन
कतक टेलिभजनमा २०७०—२०७७
रेडियो एक्टिभ एफ.एम २०७८देखि—हालसम्म
धार्मिक कार्यक्रम
सप्ताह, नवाह लगायत विभिन्न धार्मिक कार्यक्रम सञ्चालन
सम्मान पुरस्कार
३ राष्टÇव्यापी श्लोकान्ताक्षरी प्रतियोगितामा तृतीय (२०६०) ।
३ सार्वजनिक अभिनन्दन ओम् शान्ति समाज मंगलसेन अछाम (२०६६) ।
३ सार्वजनिक अभिनन्दन खडका समाज (२०७०)
३ सार्वजनिक अभिनन्दन बयालपाटा अछाम (२०७२)
३ सावित्री कमल राष्ट्रिय लोकसंस्कृति पुरस्कार (२०८०)
३ सहिद दशरथ चन्द स्मृति सम्मान (२०८१)
३ देवनागरी सम्मान (२०२४) उत्तराखण्ड भारत
३ नेपाल विद्याभूषण क २०८१
उपाधि—
–भागवत भूषण खड्का समाज अछामद्वारा (२०७०)
–व्यासाचार्य, विश्वहिन्दू एकता समन्वय परिषदद्वारा (२०७२)
द्रष्टव्य
विभिन्न धार्मिक, साहित्यिक, सांस्कृतिक तथा सामाजिक कार्यक्रममा संलग्न भई विविध विषयमाथि व्याख्यान तथा सम्भाषण प्रस्तुत गर्नुका साथै साहित्यिक विवेचना एवम् टिप्पणी कर्ताका रुपमा र सहजकर्ताका रुपमा कार्य गरिरहेको ।