Advertisement
SKIP THIS
वैद्यनाथमा शिव साधना बोलबम हुँदै

अछाम:अछामको बैधनाथ धाममा शिव साधना बोलबम हुने भएको छ।असार ३० गते श्रावण २ गतेसम्म शिव साधना हुने बैद्यनाथ धाम पर्यटन विकास तथा व्यवस्थापन समिति अध्यक्षमा गोकुल भाटले बताए ।

वैद्यनाथ धाम पर्यटन विकास तथा व्यवस्थापन समितिको र मदन बाबा भक्ती केन्द्रको सयुक्त आयोजनामा वैद्यनाथमा शिव साधन गरिन लागिएको हो।

बैधनाथ बाबालाई जलाभिषेक गराउको लागि यहि असार ३० गते पहिलो दिन बिहान साफेबगर कालभैरव मन्दिर बुढिगङ्गा नदि किनारबाट जल लिई बोलबमा कार्यक्रमको वैद्यनाथ मन्दिरसम्म गई भगवान शिवलाई जलाभिषेक कार्यक्रममा रहेको अध्यक्ष भाटले बताए ।

तपाईको प्रतिक्रिया