अछाम:साँफेबगर नगरपालिका १२ खप्तडमा क्षयरोग तथा कुष्ठरोग परिक्षण शिविर सम्पन्न भएको छ।शनिबार क्षयरोग रोग तथा कुष्ठरोग को (AI) X-ray प्रविधिबाट वडाका १सय ३८ जनाको परिक्षण गरिएको कार्यावाहक वडा अध्यक्ष रमेश कडायतले बताए ।
सुदुरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालय स्वास्थ्य कार्यालय अछामको आयोजनामा साँफेबगर नगरपालिका वडा नं १२ खप्तडमा सम्पन्न शिविरमा जिल्ला अस्पताल अछामका डा.सृजन भिजा, प्रदेश जनस्वास्थ्य प्रयोगशालाका डा. हिक्मत वडाल ,किरण बोगटि, हिमाल ढुंगाना ,मेघराज बोगटि,निराजन रावल,टोप बहादुर बिष्ट, हिमालय जोशि लगायतका स्वास्थ्यकर्मीहरु शिविरमा आएर परिक्षण गरेका थिए । शिविरबाट १७ जनाको शंकास्पद अवस्था भएकोले रोग पहिचानका लागि बयालपाटा अस्पताल रेफर गरिएको छ।