निराकरण खबर अछाम:अछामको रामारोशन गाउँपालीका वडा नं ४ र ५ मा पर्ने बल्दे खोलामा पक्की पुल नबन्दा त्यहाका स्थानिय र पर्यटकीय क्षेत्र रामारोशन जाने पर्यटकले सास्ती भोग्नु परेको छ ।
स्थानियको लामो समय पछि सो खोलामा पुल निमार्णका लागी ठेक्का भएपनि निमार्ण ब्यावसायीको लापरवाहिले समयमै पुल बन्न सकेको छैन ।
पुल निमार्णका लागी पुर्बाधार विकास कार्यालय साँफेगर मार्फत इन्द्रधनु अछाम निमार्ण सेवा टीकापुर कैलालीले ४ करोड १५ लाखमा पुल बनाउने भनेर २०७९ जेष्ठमा सम्झौता गरेको थीयो ।
२०८० असार २० गते भित्र पुल निमार्ण गर्ने भनेर सम्झौता गरेपनि हालसम्म २ वटा पिल्लर हालेर छोडेको छ ।बनाउनु पर्ने उक्त पुलको लम्बाई २४ मिटर रहेको छ ।
समयमै पुल नबन्दा बर्षाको समयमा समेत खोलामा जोखिम मोलेर सवारी साधन आवतजावत गर्नु पर्ने अवस्था रहेको छ । पुर्बाधार विकास कार्यालय साँफेगरले पुल निमार्णका लागी पुनः १ बषृको म्याद थप्ने तयारी गरिरहेको छ ।