Advertisement
SKIP THIS
जिम सम्बन्धि पुस्तक बजारमा : पहिलो पटक नेपाली भाषामै

धनगढी:तपाईलाई जिम तथा फिटनेसमा रुचि छ तर भरपर्दो र सुरक्षित ब्यायाम विधिको खोजमा हुनुहुन्छभने खुसिको खबर छ । नेपालीहरुले अब नेपाली भाषामै फिटनेस निर्देशिका पुस्तक पढ्न सक्नुहुने भएको छ ।

बडिबिल्डर तथा फिटनेस प्रशिक्षक संजित श्रेष्ठले ४ वर्ष लगाएर नेपालमै पहिलो पटक जिम तथा फिटनेस सम्बन्धी पुस्तक तयार गर्नुभएको हो । “डम्बेलका ब्यायामहरु” नाम दिईएको पुस्तक अहिले अनलाईन (डिजिटल भर्सनमा) मात्र उपलब्ध गराईएको छ । निकट भविश्यमै यसलाई हार्ड कपिमै सबै ठाउमा उपलब्ध गराईने प्रशिक्षक श्रेष्ठले बताउनु भयो ।

“नेपालमा बडिबिल्डिङको ईतिहास आधा शाताब्दिको छ, तर अहिलेसाम्म यस सम्बन्धी पुस्तक थिएन, मैले आफ्नो ब्यायम जिवनको अनुभव र अग्रजहरुको सुझापललाई समेटेर यो पुस्तक ल्याएको हु” उहाको भनाई थियो ।

पुस्तकमा बडिबिल्डिङ केहो, यसका प्राकृतिक नियमहरु के हुन, ब्यामका पुर्व तयारीका साथै जिममा बडिबिल्डिङका लागि संसारभर प्रयोग हुँदै आएका सबै बिधिहरुकोबारेमा सबिस्तार व्याख्या गरिएको प्रशिक्षक बताउछन । १ सय ८७ पृष्ठ रहेको पुस्तक “डम्बेलका ब्यायामहरु” गुगल प्ले को ईबुकमा गएर डाउनलोड वा सिधैपनी पढ्न सकिन्छ ।

तपाईको प्रतिक्रिया