निराकरण खबर अछाम: डेङ्गु राेगकाे संक्रमणबाट कोष तथा लेखा नियन्त्रक कार्यलय अछामका काेष नियन्त्रक जय कुमार चन्दको मृत्यु भएको छ।
चन्द्रको उपचारको क्रममा भारतको लखनउमा बिहीबार मृत्यु भएको हो।
भदौ ३१ गते अत्याधिक ज्वरो आएपछि जिल्ला अस्पताल मंगलसेन उपचार गराईरेका चन्दलाई असोज ३ गते थप उपचारका लागि नेपालगन्ज गएका थिए । नेपालगन्ज समेत उपचार सम्भाव नभएपछि भारतको लखनउमा लगिएको थियोे । मृत कोष नियन्त्रक चन्द घर सल्यान रहेको छ।