अछाम : नेकपा एमालेका सचिव तथा प्रतिनिधी सभा सदस्य योगेश भट्टराईले बयालपाटा अस्पताललाई दिर्घकालिन रुपमा संचालन गर्न संघिय सरकारले पनि साथ दिनुपर्ने बताएका छन् । बयालपाटा अस्पतालले दुर्गम क्षेत्रका जनतालाई निशुल्क स्वास्थ्य सेवा प्रदान गरिरहेकाले यसको दिगोपनाका लागि आफुले पनि पहल गर्ने बताएका छन् ।
कामको शिलसिलामा अछाम पुगेका नेकपा एमालेका केन्द्रिय सचिव समेत रहेका नेता भट्टराईले बयालपाटा अस्पतालको अवलोकन गर्दै देशकै नमुना अस्पताल भएको भन्दै यस प्रकारको मोडल स्थानिय पालिकामा पनि लागु गर्नुपर्ने बताए ।
देशका हरेक पालिकामा सेवाग्राहीको आवश्यक्ताका आधारमा अस्पतालको शैया तय गरी बयालपाटा अस्पताललाई नमुनाको रुपमा लिएर अस्पताल निर्माण गर्न सकिने उनको भनाई थियो ।
यस्तै अछाम क्षेत्र नं. २ बाट प्रतिनिधी सभा सदस्य यज्ञ बोगटीले बयालपाटा अस्पतालको दिगोपनाका लागि प्रदेश र संघिय सरकारमा पहल गर्ने बताए । आफु बिशेष समय लिएर भएपनि अस्पतालका बिषयमा कुरा उठाउने उनको भनाई थियो ।
बयालपाटा अस्पतालले प्रदान गरिरहेको सेवाका बारेमा अस्पतालका मेडिकल तथा शल्यचिकित्सा निर्देशक डाक्टर मन्दिप पाठकले जानकारी गराउनुका साथै अस्पताल भम्रण तथा निरिक्षण गराएका थिए ।