Advertisement
SKIP THIS
बान्नीगढी जयगढ गाउँपालिकाद्वारा ३५ करोड बढीको बजेट प्रस्तुत: खानेपानीमा प्राथमिकता

अछाम : जिल्लाको बान्नीगढी जयगढ गाउँपालिकाले आगामी आर्थिक बर्ष २०७९।८० का लागी ३५ करोड २० लाख ९१ हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ । गाउँपालिका उपाध्यक्ष बिन्दु रावले प्रस्तुत गरेको वार्षिक बजेट अनुसार प्रशासनिक खर्च तर्फ ८ करोड बजेट विनियोजन गरिएको छ ।

विकासे बजेट तर्फ जयगढ बजारमा मिटर प्रविधि सहित खानेपानी बितरण योजनालाई प्राथमिकतामा राख्दै ८० लाख रुपैयाँ बिनियोजन गरिएको छ । बाल विकास सहजकर्तालाई मासिक रुपमा ७ हजार रुपैयाँ उपलव्ध गराउने व्यवस्थालाई बजेटमा निरन्तरता दिईएको छ ।

बयालपाटा अस्पतालका लागी ५ लाख , गाउँपालिकाको भ्याकुलोडर खरिदका लागी ५० लाख ,अध्यक्ष युवा स्वरोजगार कार्यक्रमका लागी ३० लाख बजेट विनियोजन गरिएको छ ।

शाखागत बजेटमा स्वास्थ्य तर्फ ५० लाख,शिक्षा तर्फ १ करोड ३५ लाख,कृषि तर्फ ३५ लाख,पशु तर्फ २५ लाख,खानेपानी तथा सरसफाइ तर्फ १० लाख,महिला तथा बालबालिका तर्फ २५ लाख गरि २ करोड ८० लाख बजेट विनियोजन गरिएको छ ।

वडागत तर्फ क्रमशः वडा नम्बर १ का लागी १ र २ का लागी १८ लाख,वडा नम्बर ३ का लागी ३२ लाख, वडा नम्बर ४ का लागी १८ लाख वडा नम्बर ५ का लागी २७ लाख र वडा नम्बर ६ का लागी ३५ लाख बजेट विनियोजन गरिएको गाउँपालिका उपाध्यक्ष बिन्दु रावलले उल्लेख गरेकी छन् । असार २७ गते पुनः बस्ने गरि गाउँ अधिवेशन स्थगन गरिएको छ ।

तपाईको प्रतिक्रिया