काठमाण्डौ:सरकारले निजामती कर्मचारीको तलब १५ प्रतिशतले वृद्धि गरेको छ । संघीय संसदमा आइतबार आर्थिक वर्ष २०७९–८० को बजेट भाषण गर्दै अर्थमन्त्री जनार्दन शर्माले तलब वृद्धिको घोषणा गरेका हुन् ।
अर्थमन्त्रीले सेना, प्रहरी, शिक्षकसहित निजामती कर्मचारीको तलब वृद्धिको घोषणा गरेका हुन् । यस्तै महँगी भत्तालाई पनि निरन्तरता दिइएको छ।
निर्णयअनुसार निजामति कर्मचारीको तलव वृद्धिपछि सुरु स्केल यसप्रकार छ, जसमा ग्रेड भने समावेश गरिएको छैन। कर्मचारीको पदअनुसार प्रतिवर्ष एक ग्रेडका दरले अधिकतम ८ ग्रेडसम्म सुविधा पाउने व्यवस्था छ ।
क्र.स. पद/श्रेणी हालको तलबमान बढेपछिको तलबमान
१ मुख्यसचिव ६७१४० ७७२११
२ सचिव ६२६८० ७२०८२
३ सहसचिव ४९३८० ५६७८७
४ उपसचिव ४२३८० ४८७३७
५ शाखा अधिकृत ३७९९० ४३६८९
६ नायव शुब्बा ३०२०० ३४७३०
७ खरिदार २८६१० ३२९०२
८ मुखिया २४०१० २७६१२