Advertisement
SKIP THIS
निर्वाचन हुनु ४ दिन अगावै अछामका स्वास्थ संस्था पूर्ण रुपमा बन्द

तारामान खड्का अछाम:यहीँ बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा स्वास्थ्यकर्मी खटाउदा निर्वाचन अगावै अछाम जिल्लाका स्वास्थ्य संस्था पुर्ण रुपले बन्द भएका छन् ।

निर्वाचनमा आवश्यक कर्मचारी स्थानीय तहलाई माग गरेको त्यसै अनुरुप जिल्ला निर्वाचन अधिकृतको कार्यालयले उनिहरुलाई निर्वाचनमा खटाइएको बुझिएको छ।

निर्वाचन हुनु अगावै बान्नीगढी जयगढ गाउँपालिका भित्रका २ स्वास्थ्य चौकी पुर्ण रुपमा बन्द भएका छन् । हामी सोमबार ग पुग्दा  वडा नं १ गाज्राको  स्वास्थ्य चौकी बन्द रहेको थियो, किन बन्द भयो भनेर बुझ्न खोज्दा स्वास्थ्यकर्मी निर्वाचन खटिएका कारण बन्द भएको बुझियो। यस्तै वडा नं ६ दर्नाको स्वास्थ्य चौकी पुर्ण रुपमा बन्द भएको स्वास्थ्य चौकी ईन्चार्ज नारायण रिमालले बताए ।स्वास्थ क्षेत्र जस्तो सम्वेदनशिल क्षेत्रका सम्पूर्ण स्वास्थ्यकर्मी निर्वाचनमा खटाउदा स्वास्थ्य संस्था निर्वाचन हुन ४ दिन अगावै पुर्ण रुपमा बन्द भएका छन। निर्वाचनमा बेला स्वास्थ्यकर्मी अछामका अन्य स्थानीय तहका करिव २३ स्वास्थ्य संस्थामा समेत कतै पुर्ण रुपमा त कतै आंशिक रुपमा सेवा बन्द भएका छन।

स्वास्थ्य संस्था बन्द हुदाँ आकस्मिक सेवा सहित बर्थिंग सेन्टर सेवा समेत अवरुद्ध हुदाँ आकस्मिक बिरामी, सुत्केरी लगायतलाई समस्या हुने देखिएको छ।

स्वास्थ्य जस्तो सम्बेदनशिल क्षेत्रका कर्मचारी खटाउदाँ त्यहाँको व्यावस्थापन हेरर मात्र खटाउनु पर्ने भएपनि त्यसको प्रवाह नगरी स्वास्थ्यकर्मी निर्वाचनमा खटाउदा एक जना पनि कर्मचारी स्वास्थ्य संस्था तथा बर्थिगं सेन्टरमा नहुदाँ आकस्मिक बिरामी र सुत्केरी सबैभन्दा बढी मारमा पर्ने सक्ने देखिएको छ ।स्वास्थ संस्था सञ्चालनको अधिकार स्थानीय सरकारको भएको उसकै लापरबाहीले स्वास्थ संस्था बन्द हुने अवस्थामा पुगेका स्वास्थ क्षेत्रका जानकार बताउँछन् ।

तपाईको प्रतिक्रिया