काठमाडौ:निर्वाचन आयोगले आसन्न स्थानीय तहको निर्वाचनको लागि दातृराष्ट्र र निकायबाट सहयोग नपाउने भएको छ।
आयोगले अर्थ मन्त्रालयमार्फत १९ मुलुकसँग सहयोग माग गरे कुनै पनि मुलुकले सहयोग गर्ने ईच्छा जाहेर नगरेका हुन ।
अघिल्ला हरेक निर्वाचनमा दातृनिकायले नेपाल सरकारलाई विभिन्न वस्तु तथा सेवा दिएर सहयोग गर्दै आएका थिए।
अघिल्लो निर्वाचनमा पनि भारत, चीत, यूएनडीपीलगायतका राष्ट्र र निकायले स्थानीय तहको निर्वाचनका लागि गाडीलगायत आवश्यक सामग्री सहयोग गरेका थिए।
निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले दातृनिकायसँग सहयोग माग गरे पनि तत्काल दिन नसकिने बताएको जानकारी दिए।