निराकरण खबर अछाम:ढकारी गाउँपालिकाको वडा नम्बर २ हिच्मा मा टाइफाइड रोग बिरुद्दको अभियान तथा नियमित खोपमा टाइफाइड खोपको सुरुवात हुने भएको छ । १५ महिना देखि १५ बर्षसम्मका बालबालिकाहरुलाई टाइफाइड रोग बिरुद्द खोप बैशाख ३ गते देखि सुरु हुने भएको छ।
हिच्माका प्रत्यक बिद्यालय र बालबिकास केन्द्रमा संचालन गरिने खोप बैशाख ३ गते देखि कालिका मा बि हिच्मा र भलाने बालबिकास केन्द्रबाट सुरुवात गरिने खोप पुस्तिका आवासिय बिधालय फाटाबगर र दुन्ता बालबिका केन्द्रमा ४ गते,त्यसै गरि ५ गते सरस्वती आवासीय बिधालय बडिरुख र जाल्पादेबी आवासिय बिधालय रिठाचौकामा संचालन गरिने हिच्मा स्वस्थ्य चौकी प्रमुख बल बहादुर बुढाले बताए ।
बुढाले आफ्नो पायक पर्ने नजिकैको बिद्यालयमा गएर १५ महिना देखि १५ बर्षसम्मका बालबालिकाहरुलाई टाइफाइड रोग बिरुद्दको खोप लगाउन आग्रह गरेका छन । बिधालय बाहिर रहेका र खोप लगाउन छुटेका बालबालिकाको लागि भने खोपको अन्तिम दिन बैशाख ६ गते हिच्मा स्वास्थ्य चौकीमै खोप संचालन गरिने बताईएको छ।
ढकारी गाउपालिका वडा नम्बर २ हिच्माको तथ्यांक अनुसार बिधालय बाहिर रहेका १६० सहित ९६० जना बालबालिका यो खोप बाट प्रत्यक्ष लाभान्वित हुने भयका छ्न।भने देश भरमा ७५ लाख बालबालिकालाई खोप दिइने छ। यसरी नियमित खोपमा १५ महिनाको एक पटक यो खोप दिइन्छ । नेपालमा टाइफाइडको असरको तथ्यांकलाई हेर्दा १५ बर्षमुनिका बालबालिकाहरुलाई ११ गुणा बढी संक्रमण भएको देखिन्छ भने, नेपालमा बिगतको ५ बर्षको तथ्यांक अनुसार हरेक बर्ष करिव ४ लाख ५० हजार व्यक्तिमा टाइफाइड संक्रमण हुने गर्छ। बिगत ३ बर्षको तथ्यांक अनुसार पानी र बिभिन्न खानेकुराबाट संक्रमण हुने टाइफाइड रोग अन्य रोगको तुलनामा तेस्रो स्थानमा रहेको पाइन्छ ।
ढकारी गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा भएको वडा स्तरिय अभिमुखिकरण कार्यक्रम हिच्मा स्वाथ्य चौकिमा सम्पन्न भएको हो। स्वस्थ्य ब्यवस्थापन समितिका पदाधिकारी,सम्पुर्ण बिधालयका प्रध्यानध्यापक।समाजसेवी,बुद्दिजिबी,सरोकारवाला सहभागी रहेको कार्यक्रममको अध्यक्षता वडा नम्बर २ का वडा अध्यक्ष एवम स्वास्थ्य ब्यवस्थापन समितिका अध्यक्ष नकुल बहादुर साउद रहेका थिए ।कार्यक्रमको सहजिकरण स्वस्थ्य चौकी प्रमुख बल बहादुर बुढाले गरेका थिए ।