काठमाडौं:बलेफी हाईड्रोपावर लिमिटेडले आज बुधबार (चैत १६ गते) देखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशनमा ल्याएको छ । कम्पनीले १८ करोड २७ लाख ९७ हजार रुपैयाँ बराबरको १८ लाख २७ हजार ९७० कित्ता शेयर निष्काशनमा ल्याएको हो ।
सर्वसाधारणका लागि निष्काशनमा ल्याएको कुल शेयरमध्ये ४ प्रतिशत अर्थात ७३ हजार ११९ कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात एक लाख ९१ हजार ३९८ कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहने १६ लाख ६३ हजार ४५३ कित्ता शेयरको लागि मात्रै सर्वसाधारणले आवेदन दिन सक्नेछन्।
हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ४६ करोड २३ लाख ७६ हजार रुपैयाँ रहेको छ । आयोजना प्रभावित स्थानियलाई १८ करोड २७ लाख ९७ हजार रुपैयाँ र सर्वसाधारणलाई १८ करोड २७ लाख ९७ हजार रुपैयाँ गरी ३६ करोड ५५ लाख रुपैयाँ बराबरको शेयर निष्काशन पछि कम्पनीको चुक्ता पूँजी १ अर्ब ८२ करोड ९७ लाख ७० हजार रुपैयाँ पुग्नेछ।