अमरदिप शर्मा :
प्रीय तिमी सम्झनाको शितलता रोज
सक्छौ भने धरातलमा नविनता खोज
सुसेलीमा तरङ्गको भाव पोखिदैन
नेता त्याग जनधन शालिनता बोक !
पौडी खेल्न नदि सङ्ग नदि सार हुन्छ
कर्म खोज्ने कृतीहरु सक्छौ भने रोक
बैरी बन्ने प्रलयलाई आफ्नै पनि भन्छ
चर्तिकला अनौठो हो हिमाल खन्ने झोक !!
लौन हजुर मेलापात भाका बोक्छन हित
अघिका हौ छाती थाप प्रवाहलाई रोक !!!
लेखक साँफेबगर नगरपालिका अछामका निमित्त प्रमुख प्रशासकीय अधिकृत हुन।