Advertisement
SKIP THIS
अछामका २२ सय नागरिकले नि:शुल्क आँखाको उपचार पाए

निराकरण सम्वाददाता अछाम:अछामका २२ सय नागरिकले नि:शुल्क आँखाको उपचार पाएका छन् ।

नेपाल नेत्र ज्याेति संघ गेटा आँखा अस्पताल र स्वास्थ्य कार्यालय अछामकाे संयुक्त आयाेजनामा पाैष १८ गते देखि शुरू भएकाे शिविर २७ गते सम्पन्न भएको छ।

शिविर अछामको बयालपाटा अस्पताल, जिल्ला अस्पताल र कमलबजार प्राथमिक सेवा केन्द्रमा नि: शुल्क आँखाको शिविर सञ्चालन भएको थियो ।

शिविरबाट अछामका  २२०० जनाले  सेवा लिएका छन, भने ५७६ जनाकाे Cataract (माेतिविन्दु) लगायतकाे surgery  सेवा पाएका स्वास्थ कार्यलय अछामका प्रमुख बरिस्ठ जनस्वास्थ्य अधिकृत झनकराज ढुंगानाले जानकारी दिए।

आधारभुत स्वास्थ्य सेवामा जेष्ठ नागरिक, महिला तथा बालबालिकाकाे सहज पहुच पुर्याउने उदेश्यका साथ स्वास्थ कार्यलय अछामले नि:शुल्क आँखा शिविर सञ्चालन गरिएको अधिकृत ढुंगानाले बताए ।

आगामी दिनमा समेत स्वास्थ कार्यलय अछामले आधारभुत स्वास्थ्य सेवामा काम गर्दै जाने बरिस्ठ जनस्वास्थ्य अधिकृत झनकराज ढुंगानाले जानकारी दिए।

तपाईको प्रतिक्रिया