Advertisement
SKIP THIS
उ रेल को कुरा गर्छ,म रोडको …..

सरोज शाह अछाम :                                                             
२मा २ जोडेर
४ भनिदिने
यथास्थितिबादि छ
जस्तै नेपाली काङ्रेस हेर्नुस्
तर
२ मा २ जोडेर ५ भनिदिने क्रान्तिकारि छ
उदाहरण दिन चाहिन मैले।
किनकि
उसले भन्छ हामी वुर्जुवा पढेका छौ।
तर
उ आफै
आफ्ना छोरालाई
लाखौ खर्चेर यहि पढाएर अमेरिका पठाउछ।
म पो गरिब भएर नसकेको हो
नत्र मन त मलाइ नि कहाँ
नभएको हो र?
पैसा पो प्रतिपक्षि छ त।
उ रेल को कुरा गर्छ

रोडको कुरा गर्छु ।

पानिजहाज भन्छ
म डुङ्गा भन्छु ।
फरक यत्ति त हो।
म डोकोको कुरा गर्छु

गाडिको कुरा गर्छ
किनकि उ क्रान्तिकारि हो।
म कथित यथास्थितिवादि।
म मेरो माटोको आवस्यकता भन्छु
तर
उसले
मेरो सपनाको कुरा गरिदिन्छ ।
यो फरक चिर्न नसकेर
म मात्र होइन
मेरो सारा
समाज रनभुल्ल छ
आवश्यकता पूरा गरौ
कि
सपना भनेर।।

तपाईको प्रतिक्रिया