निराकरण सम्वाददाता अछाम :सिभिल बैंक जयगढद्वारा ११औं बार्षिक उत्सवको अवसरमा जेहेन्दार बिधार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ।
सोमबार ११ औं बार्षिक उत्सवको अवसर बान्नीनगढी जयगढ गाउँपालीका वडा १ गाज्रामा रहेकोे राष्ट्रभाषा माध्यमिक बिधालयमा कक्षा ८ मा अध्यरत बिधार्थी वर्षा खड्कालाई छात्रवृत्ति प्रदान गरेको हो।
सोमबार एक कार्यक्रमका बिच सिभिल बैंक जयगढ शाखा प्रमुख मनोज मेहताले राष्ट्रभाषा माध्यमिक बिधालयमा कक्षा ८ मा अध्यनरत जेहन्दार बिधार्थी बर्षा खड्कालाई नगद ५ हजार छात्रबृत्रि प्रदान गरे ।
बैंकले आफ्नो बार्षिक उत्सवको अवसरमा हरेक बर्ष १ जना जेहेन्दार बिधार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आईरहेको छ।
आर्थिक अभावकै कारण बिधार्थीको पढाइमा असर नपुस भन्ने उदेश्यले बैंकले छात्रवृत्ति प्रदान गरेको सिभिल बैंक जयगढका कर्जा प्रमुख यज्ञमान खड्काले बताए ।