निराकरण सम्वाददाता अछाम :अछाममा ३९ हजार बालबालिकालाई विद्यालयमै कोरोना भाइरस विरुद्धको मोर्डना खोप लगाइने भएको छ ।
स्वास्थ्य कार्यालय अछामको सहकार्यमा अछामका १० वटै स्थानीय तहका विद्यालयमा अध्ययन गर्ने बालबालिकालाई उक्त खोप लगाउन लागीएको हो।
विद्यालयमा अध्ययन गर्ने १२ देखि १७ वर्ष उमेर सम्मका बालबालिकालाई विद्यालयमै खोप लगाइने स्वास्थ्य कार्यालय अछामका प्रमुख झनकराज ढुङ्गानाले बताए ।
अछामका २ सय ५० विद्यालय मार्फत बालबालिकालाई मोडर्ना खोप लगाइने स्वास्थ्य कार्यालय अछामले जनाएको छ ।
१० वटै पालिकाका १२ देखि १७ वर्ष उमेरसम्मका बालबालिकाका लागि पुस ४ गतेदेखि १४ गतेसम्म पहिलो मात्रा र माघ २ गतेदेखि १२ गतेसम्म दोस्रो मात्रा मोर्डना खोप अभियान सञ्चालन गरिएको स्वास्थ्य कार्यालय अछामले जानकारी दिएको छ ।