Advertisement
SKIP THIS
एनसेलको नयाँ अभियान ‘डाटा सधैं अन’

काठमाडौं:एनसेल आजियाटा लिमिटेडले नयाँ अभियान ‘डाटा सधैं अन’ शुरु गरेको छ । यस अभियानले मोबाइल ब्रोडब्यान्ड सेवाबाट पाउन सकिने अवसरहरूबाट लाभ लिनका लागि एनसेल फोरजी नेटवर्कका साथ सधैं कनेक्टेड र अन रहन प्रोत्साहन गर्ने एनसेलले जनाएको छ ।

कोभिड–१९ को महामारीका बीच पनि एनसेलले फोरजी ब्रोडब्यान्ड सेवालाई देशको ५५० भन्दा बढि स्थानिय तहसम्म विस्तार गरिसकेको जनाएको छ । साथै बाँकी रहेका स्थानमा पनि सेवा विस्तारको लागि कार्य गरिरहेको बताएको छ ।

उच्च गतिको इन्टरनेट तथा मोबाइल ब्रोडब्यान्ड फोरजी/एलटीई सेवाले नेपालको डिजिटलाइजेसन यात्रामा महत्वपूर्ण योगदान पुर्याउँदै आएको एनसेलको दावी छ ।

उच्च गतिको इन्टरनेट सेवाको पहुँच सुनिश्चित गर्न र डिजिटल नेपाल निर्माणको राष्ट्रिय लक्ष्य प्राप्तिमा योगदान पुर्याउन प्रतिबद्ध रहेको एनसेलले जनाएको छ ।

फोरजी सेवाको लाभ लिनका लागि ग्राहकले एनसेलको सिम सजिलै लिन सक्छन् र थ्रिजी सिम प्रगोग गरिरेहेका ग्राहकले नजिकैको एनसेल सेन्टर, एनसेल पसल वा एनसेलको आधिकारिक स्टोरबाट निःशुल्क आफ्नो सिम फोरजीमा अपग्रेड गर्न अर्थात आफुले चलाई रहेकै नम्बरमा नयाँ फोरजी सिम लिन सक्ने एनसेलले जनाएको छ ।

तपाईको प्रतिक्रिया