धनगढी:स्वर्गीय भागरथी भट्टका परिवारलाई आर्थिक सहयोग गरिएको छ । नेपालीज एसोसिएसन अफ भिक्टोेरिया(न्याभ), गैरआवशीय नेपाली संघ अस्ट्रेलिया र सुदूरपश्चिम नेपाली समाज भिक्टोरियाको सहकार्यमा संकलन भएको २ लाख ७० हजार ८ सय ४० रुपैयाँ आर्थिक सहयोग गरिएको हो ।
च्यारिटी क्रिकेट म्याच २०२१ को आयोजना गर्दै सहभागीले दिएको रकम स्वर्गीय भट्टका परिवारलाई सहयोग हस्तान्तरण गरिएको छ । उक्त म्याच ३ वर्षदेखि हुँदै आएको न्याभका उपाध्यक्ष तथा च्यारिटी म्याचका संयोजक प्रेमराज उप्रेतीले बताए । शनिबार सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टमार्फत भट्टका परिवारलाई रकम हस्तान्तरण गरिएको हो ।
विकासमा सृजनशिलता नेपाल सिआईडी नामक संस्थाको सहकार्य र समन्वयमा उक्त रकम पिडित परिवारलाई हस्तान्त्रण गरिएको थियो । सुदूरपश्चिम प्रदेश मुख्यमन्त्री कार्यालयमा आयोजना गरेको रकम हस्तान्त्रण कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष डिल्ली भट्टले गरेका थिए ।
यसरी गरिएको थियो रकम संकलन
नेपालिज असोसिएसन अफ भिक्टोरिया (न्याभ), गैरआवाशीय नेपाली संघ अस्ट्रेलिया र सुदूरपश्चिम नेपाली समाज भिक्टोरियाको सहकार्यमा स्वर्गीय भागीरथी भट्टका परिवारलाई आर्थिक सहयोग पुर्याउने उद्देश्यले च्यारिटी क्रिकेट म्याच २०२१ को आयोजना गरिएको थियो जसमा न्याभ– ११ र एन आर एन ए– ११ टिम बीच प्रतिस्पर्धा भएको थियो ।
सो च्यारिटी म्याच का सहभागीहरुले व्यक्तिगत सहयोग गरी उठेको रकममा मल्टीडाइनामिक रिअल स्टेट (जो अस्ट्रेलियाका नेपालीहरु बीच निकै मनपर्ने र चिरपरिचित नाम हो ) ले त्यति नै रकम थप गरी जम्मा २ लाख ७० हजार ८ सय ४० रुपैया संकलन गरिएको थियो ।
न्याभ कप क्रिकेट टुर्नामेन्टको अन्तिम दिन यस्तो च्यारिटी म्याच बिगत ३ बर्ष देखि सुरुवात भएको कुरा न्याभका उपाध्यक्ष तथा च्यारिटी म्याच का संयोजक प्रेम राज उप्रेतीले जानकारी दिए ।