शालिभान साउँद, डोटी:आर्थिक अभाबले आँखाको ज्योति गुम्ने खतरामा काठमाडौ तिलगंगा अस्पतालमा उपचार गराईरहेका पुर्विचौकी गाउपालिका का विशाल विकको परिवारले सहयोगको अपिल गरेका छन ।
पुर्विचौकी गाउपालिका वडा न. ४ सानागाउ बस्ने जङ्ग बहादुर विकको छोरा बर्ष १५ को विशाल विकको २०७३ साल देखि गेटा आँखा अस्पतालमा पटक पटक उपचार गराउदै आएको अहिले त्यहा सम्भब नभएपछि डाक्टरको सल्लाह अनुसार काठमाडौकाे तिलगंगा अस्पतालमा आखाको अप्रेसनकाे तयारी भैरहेकाे तर अार्थिक अभाबले उनकाे अाखाकाे ज्याेति गुम्ने भएकाले विक परिवारले सार्वजनिक रूपमा अार्थिक सहयाेगकाे अपिल गरेका हुन ।
अप्रेशन गर्न २/३ लाख रकम लाग्ने हुदा यति ठूलो रकम एक्कासि जुटाउन नसक्ने र आर्थिक अवस्था समेत कमजोर भएको हुदा तपाईं हाम्रो सानो सहयोगले बिशालले अधन्कार हुन बाट जोगाउन देश तथा बिदेशमा बस्नु हुने सम्पुर्ण दाजुभाई दिदीबाहिनी ईष्ट्मित्र, आफ्न्त तथा अन्य सहयोगी हातहरुलाई सहयोगको हात अघि बढाई दिनका लागी निजका दाई सुजित विकले हार्दिक अपिल गरेका छन ।
उनले सहगोग गर्न चाहने सहयोगी मनहरुले जङ्ग बिकको नाममा रहेको पुर्विचौकी गाउँपालिकामा रहेको ग्लोबल आई. एम. ई बैक पुर्विचौकी शाखा सानागाउ डोटी को खाता न. ई ८०८०१००००००२ मा जम्मा गरी सक्दो आर्थिक सहयोग गरि दिन उपचारत विकका वुवा जङ्ग वि क ले अनुराेध गरेका छन ।