Advertisement
SKIP THIS
मौदिक निती,सवारी साधन मर्मतका लागि पनि ऋण

काठमाडौं:नेपाल राष्ट्र बैंकले सार्वजनिक सवारी साधन मर्मतका लागि पनि ऋण प्रवाह गर्ने व्यवस्था मिलाएको छ ।

चालु आर्थिक वर्षका लागि जारी गरिएको मौद्रिक नीतिमा कोभिड-१९ बाट अति प्रभावित सार्वजनिक यातायात सञ्चालन तथा मर्मतसम्भारको लागि बैंक तथा वित्तीय संस्थाले प्रतिसवारी साधन २ लाख रुपैयाँसम्म थप कर्जा प्रदान गर्न सक्ने व्यवस्था मिलाइएको छ ।

सार्वजनिक सवारी धनीले निषेधाज्ञामा थन्किएका सवारीको मर्मतका लागि नगद प्रवाह नभएको भन्दै गुनासो गरिररहेका थिए । उनीहरुले सार्वजनिक सवारीलाई अति प्रभावित क्षेत्रमा रुपमा राखेर नीति ल्याउन माग गरेका थिए ।

तपाईको प्रतिक्रिया