निराकरण सम्वाददाता अछाम :बान्नीगढी जयगढ गाउँपालीकामा कोरोना भाईरस बिरुद्धको खोप लगाईने भएको छ।
यस अघि कोभिडशिल्डको पहिलो मात्रा लगाएका ६५ बर्ष वा सो भन्दा माथिका जेष्ठ नागरिकलाई साउन ३१ र ३२ गते खोप लगाईने बान्नीगढी जयगढ गाउँपालीका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र जोशीले जानकारी दिए।
कोभिडशिल्डको पहिलो मात्रा लगाएका ६५ बर्ष वा सो भन्दा माथिका जेष्ठ नागरिकलाई गाउँपालिकाका वडा नं १ गाज्रा देखि वडा नं ६दर्नाका स्वास्थ्य चौकीमा खोप लगाईने प्रमुख प्रशासकिय अधिकृत जोशिले बताए ।