राज पार्कि डाेटि जिल्ला कारागार डाेटिका कार्यलय प्रमुख (जेलर) लाल बहादुर बोगटीले जन्म दिन्को अबसरमा आर्थिक सहयोग गरेका छन । बोगटीले आफ्नो जन्म दिनमा फजूल खर्च हुने रकम कट्टा गरि रू ५ हजार सायल गाउँपालिका वडा नं २ ग्वानी गाउँ बस्ने समाजसेवी ,महिला स्वास्थ्य स्वयंम सेविका निर्मला देवी सिंह का श्रीमान् दल बहादुर सिंह लाई मुखको क्यान्सर भइ जिब्रो को अप्रेसन गरी भरतपुर क्यान्सर हस्पिटल चितवनमा उपचार गराइरहेकाले उपचारका लागि सानु रुपमा भएपनि आर्थिक सहयोग गरेको बताएका हुन ।
यस्तै डाेटि निर्वाचन क्षेत्र “क” बाट निर्वाचित सुदूरपश्चिम प्रदेश सभाका सदस्य भरत बहादुर खडकाले रू १० हजार गरि जम्मा रू १५ हजार सहयाेग क्यान्सर पिडित दल वहादुर सिंह कि धर्म पत्नी निर्मला देवी सिंह को नाममा महालक्ष्मी बिकास बैंक दिपायल मा रहेको खाता नं ०१०००६००१११२७३०००००१ खातामा गरेकाे जान्कारी वाेगटि ले दिएका छन ।
क्यान्सर पिडित सिंह को आर्थिक अबस्था कमजोर भएका कारण सबै मनकारी,समाजसेवी,दाता हरूमा निर्मला देवी सिंह को महालक्ष्मी बिकास बैंक दिपायल मा रहेको खाता नम्बर ०१०००६००१११२७३०००००१ मा जम्मा गरि अथार्त वहाकाे माेबाएल नम्बर ९८६८७०३१०७ मा सम्पर्क गरि सक्दो
आर्थिक सहयोग गरिदिन हुन समेत बोगटीले अनुरोध गरेका छन ।