Advertisement
SKIP THIS
सुत्नु भन्दा पहिले यस्तो गर्नुहोस्

एजन्सी:सुत्नु भन्दा पहिले दिनभरी भएका नकरात्मक कुराहरु नसोँच्नुहोस् । जस्तै आज उसले यस्तो नराम्रो भन्यो । उसले नराम्रो ग¥यो । सबैको दिमागमा यस्तो सोच आउँछ । बास्तवमा यस्तो सोच्नु तपाइको कुनै गल्ति होइन् । हाम्रो समाजको संरचना नै यस्तै छ त्यसैले हामी यस्तो सोच्छौं ।

त्यसैले तपाइ सुत्नुभन्दा पाँच मिनेट पहिले नकारात्मक कुरा भन्दा पनि दिनभरी गरेका÷ भएका सकारात्मक कुराहरु सोच्नुहोस् । यसले तपाइको जिन्दगीमा धेरै फाइदा गर्दछ । राति जब तपाइ इन्टरनेट चलाएर सकेपछि सुत्न जानुहुन्छ त्यस समय पहिले तपाइ सिधा सुत्नुहोस् । दुईवटा हात पेटमाथि ल्याएर राख्नुहोस् । खुट्टा तनक्क तन्काउनुहोस् । त्यसपछि १० पटक गहिरो सास लिनुहोस् ।

अनि जीवनमा मेहनत र सकारात्मक सोँचबाट जे हासिल गर्न चाहानुहुन्छ त्यसलाई दिमागको चारैतिर चित्रित गर्नुहोस् । त्यतिबेला तपाइको दिमाग भित्र बाहिर दुवैतिर उर्जाले भरिएको हुन्छ । त्यतिबेला तपाइको दिमाग आफै आनन्द र शान्त भएको पाउनुहुनेछ । जतिबेला तपाइको दिमाग शान्त हुन्छ त्यतिबेला तपाइ सोच्नुहोस जीवनमा जे चाहानुहुन्छ । आफूमा प्रवाह भएको सकारात्मक उर्जा सबै त्यसैमा लगाउनुहोस् । अनि जे चाहानुहुन्छ त्यसको बारेमा सोच्नुहोस्, जबसम्म तपाइलाई निद लाग्दैन् ।

तपाइलाई जबसम्म निद लाग्दैन तबसम्म ती सबै सकारात्मक चीजहरुको बारेमा सोँच्नुहोस्

यदि तपाइ हरेक रात ती कुराहरुको बारेमा सोच्नुहुन्छ जो नहुनु थियो । ति परिरिस्थतिहरु जुन तपाइको जिन्दगीमा नआउनु पथ्र्यो । तर, तपाइ विस्वास गर्नुस् तपाइले जे नहोस् भन्नुहुन्छ त्यहि हुँदै जान्छ । यसले तपाइको सकारात्म सोँच भित्र प्रवेश गर्न रोकिरहेको हुन्छ । यदि तपाइको जिन्दगीमा केही राम्रो हुँदैछ भने त्यो पनि हुँदैन् । किनकी हामीमा नकारात्मक कुराले दिमाग भरिइरहेको हुन्छ । त्यसमा नयाँ अनि सकारात्मक कुरा प्रवेश गर्न नै पाउँदैन ।

तपाइको सोँचलाई नकारात्मक चिजले बाँधिरहेको हुनुहुन्छ । म दुःखी छु मेरो जीवनमा कुनै पनि राम्रो भएको छैन । तर, तपाइले त्यसलाई ठिक उल्टो यानी सकारात्मता तिर लैजानुहोस् । जे छ खुसी छु । म भाग्यमानी छु । आगामी दिनहरु राम्रो हुन्छ । रमाइलो हुन्छ । तपाइको यस्तो सोँच तपाइको जीवनको योजना परिवर्तन गर्न सक्छ । त्यसैले सकारात्मक सोच्नुहोस् । कसैको मन नदुखाउनुहोस् । जीवनमा जे पनि गर्नुहोस् सकारात्मक गर्नुहोस् ।

नकारात्मक सोँचलाई कहिले पनि हाबी हुन नदिनहोस् । यदि तपाइलाई भोली कुैन काम गर्नु छ वा त्यो जरुरी काम छ भने, के होला ? कसरी गर्नेहोला ? भनेर मनमा डर राख्नु भन्दा जे होला त्यो राम्रो होला भन्ने सकारात्मक सोँच राख्नुहोस् ।

तपाईको प्रतिक्रिया