निराकरण सम्वाददाता अछाम:नेपालि सस्कृति परिषद अछामको आयोजनामा गुुरु पुर्णिमा बिशेष भेटघाट कार्यक्रम कमलबजारमा सम्पन्न भएको छ ।
नेपाली सस्कृति परिषद अछामका अध्यक्ष पुुष्पराज भण्डारीको अध्यक्षतामा भएका कार्यक्रममा कमलबजार नगरपालिका नगरप्रमुख ओमप्रकास बिष्ट प्रमुख अथिथि रहेका थिए ।
प्रमुख अथितिको आसनबाट बोल्दै नगरप्रमुख बिष्टले नेपालमा भएका हरेक धर्म संस्कृती बचाउन हामि सबैले लाग्नुु पर्ने बताए । कार्यक्रममा कमलबजार नगरपालिका नि. प्रमुख प्रसासकिय अधिकृत खडग बहादुर बिष्ट, नेपालि संस्कृती परीषद प्रचारक बम बहादुर स्वार, नेपालि सांस्कृतीक परीषदका अन्तराष्ट्रिय मध्य प्रदेश अध्यक्ष दिनेश देवकटा, ढकारी गाउपालिका संयोजक द्धवारीका प्रसाद उपाध्याय,नेपाल पत्रकार महासंघ अछामका सहसचिब नमराज भण्डारी, रेडियो कमलबजारका स्टेसन प्रमुख अमर धामि,लगायतले शुुभकामना मन्तब्य राखेका थिए ।
साथै कार्यक्रममा मंगलसेन नगरपालिकामा अमर धामि र कमलबजार नगरपालिकामा खेम भण्डारीलाइ नेपालि ंसास्कृतिक परिषदको संयोजकको जिम्मेवारी प्रदान गरीएको छ । कार्यक्रमको संचालन बिद्यार्थि मोहन रावलले गर्नुु भएको थियो ।