काठमाडौं: सांसद आशाकुमारी बिकले अनलाइन गेम बन्द गर्न माग गरेकी छिन्। मंगलबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उनले त्यस्ता गेमको कुलतमा फसेर बालबालिका मानसिक रोगी बन्दै गइरहेको बताएकी हुन्।
‘इन्टरनेट प्रयोग बढेको छ, यो खुशीको कुरा हो। तर, पब्जी र फ्रि फायर जस्ता खेलको लतमा बालबालिका परेका छन्। उनीहरुमा डराउने, झस्किने, जिद्दीपना जस्ता अनौठो बानी देखिएको छन्’ उनले भनिन्, ‘पछि गएर मानसिक रोगी बन्न सक्छन्। त्यसैले अनलाइन गेम बन्द गरियोस्।’
सरकारले यी गेम बन्द नगरे भविष्यमा मानसिक अस्पतालको कमी हुने उनको भनाई छ।