Advertisement
SKIP THIS
नेबिसंघ र सिडेन अछामको “पाैष्टिक खाजा” अभियानको आय ब्याय सार्वजनिक

निराकरण सम्वाददाता अछाम:नेपाल बिद्यार्थी संघ र सेन्टर फर डिमोक्रेटिक इन्जिनियर्स सिडेन नेपाल अछामद्वारा बयालपाटा अस्पतालमा उपचारथ कोरोना संक्रमित उनका कुरुवा र अन्य बिरामीका साथै उपचार खटिएका स्वास्थ्यकर्मी नि शुल्क “पाैष्टिक खाजा” अभियानको आय ब्याय सार्वजनिक गरेको छ।

अभियानलाई स्वत स्फुर्त रुपमा १ सय ३ जनाले नगद सहित अन्य सामाग्री सहयोग गरेका अभियान्ता सरोज शाहले बताए । अभियानको लागि ३ लाख ५३ हजार ६ सय ६१ भएको संकलन भएको र २ लाख २१ हजार ७ सय २४ रुपैयाँ खर्च भएको सार्वजनिक गरिएको छ।

बाकि खर्च नभएको रकम अनाथ तथा असाहयहरुको लागि खर्च गरिने अभियान्ता सरोज शाहले बताए ।

अछाममा दोस्रो लहरको कोरोना समुदाय स्तरमा फैलिए पछि गरिएको निषेधाज्ञाले जिल्ला नै ठप्प भएपछि बयालपाटा अस्पतालमा उपचारत कोरोना संक्रमित र अन्य बिरामीलाई रोग सँग लड्न चाहिने “पाैष्टिक खाजा” खान नपाउँदा बिरामीले शास्ति भोग्नुपर्दा नेबिसंघ अछाम र सिडेन अछामले अस्पताल सँग सहकार्य गरी जेष्ठ ६ गते देखि असार ७ गते सम्म अभियान सञ्चालन गरेको थियोे ।अभियानबाट २ हजार भन्दा बढी “पौष्टिक खाजा” सेट बितरण गरिएको थियो ।                                                           

तपाईको प्रतिक्रिया