Advertisement
SKIP THIS
खोप खरिदका लागि नेपाललाई १९ अर्ब ८० करोड रुपैयाँ ऋण प्रदान

काठमाडौं:एसियाली विकास बैंकले कोभिड-१९ खोप खरिदका लागि नेपाललाई १९ अर्ब ८० करोड रुपैयाँ ऋण प्रदान गर्ने भएको छ। एडीबीले दिने उक्त रकमले १५।९ मिलियन डोज खोप खरिद गर्न पुग्ने र ६८ लाख नागरिकलाई फाइदा पुग्ने जारी विज्ञप्तिमा जनाइएको छ।

‘एडीबीले दिने उक्त सहयोगले नेपालमा भाइरसको संक्रमण फैलिन र नागरिकलाई जोगाउन महत्वपूर्ण भूमिका खेल्नेछ’ बैंकका अध्यक्ष मासातसुगा आसाकावाले भनेका छन्।

खोप चाँडै खरिद गरी चाँडोभन्दा चाँडो खोप लगाउन समेत एडीबीले नेपाल सरकारलाई आग्रह गरेको छ। अर्थतन्त्रलाई लयमा फर्काउन बैंकले सहयोग गरेको समेत एडीबीले जनाएको छ ।

एसिया प्रशान्त क्षेत्रमा खोपको पहुँचका लागि एडीबीले विनियोजन गरेको ९ बिलियन डलरमध्ये बाटै नेपालले उक्त ऋण सहयोग प्राप्त गर्न लागेको हो।

तपाईको प्रतिक्रिया