Advertisement
SKIP THIS
फोन नलाग्ने अछाममा मतदातालाई भीम रावलले ट्विटरमार्फत माफी मागे , ट्विटर भनेको के हो अनबिज्ञ मतदाता

धनगढी : आइतबार एमाले उपाध्यक्ष भीम रावलले सांसद पदबाट राजीनामा दिएपछि अछामी जनतासँग माफी मागेका छन्। एमाले नेता रावलले आफ्नो निर्वाचन क्षेत्र अछामका जनतासँग सामाजिक सञ्जाल ट्विटरमार्फत माफी मागेका हुन्।

उनले ट्विटरमा माफी मागेपछि सामाजिक सन्जालमा विभिन्न खाले प्रतिक्रियाहरु आइरहेका छन्। केही सामाजिक सञ्जाल प्रयोगकर्ताले उनको यो कदमलाई राजनीतिक संस्कारसँग जोडेर उनको प्रशंसा गरिरहेका छन् भने केहीले उनको आलोचना समेत गरिरहेका छन्। यस्तै उनको निर्वाचन क्षेत्रमा अझै पनि सुविधाजनक इन्टरनेट सेवाको पहुँच पुग्न नसकेकोमा उनले ट्विट्रमार्फत माफी मागेको भन्दै नकरात्मक टिप्पणीहरु समेत भइरहेका छन्।

रावलकै गृह नगर डसाफेबगरका आधा भन्दा बढी मतदातलाई ट्वीटर केहो भन्ने समेत थाह छैन , साफेबगर नगरपालीका ४ मष्ठामाडौमा एक मतदातालाई ट्वीटरमा तपाईको क्षेत्र बाट निवाचीत सासंद भिम रावलले राजीनामा दिएर माफी मागेका छन भन्दा के हो ट्विटर भनेको के हो भनेर प्रति प्रश्न गरेका छन ।यी त एक नमुना मात्रै हुन । अछाम क्षेत्र नं १ का कयौ ठाउँमा अझै टेलिफोन समेत लाग्दैन ।

मतदाताका सामु गरेको बाचा अनुसार अनैतिक र दूषित राजनीतिको मतियार नहुन आफूले प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिएको भन्दै रावलले ५ वर्षका लागि दिएको मत पूरा अवधि संरक्षण गर्न नसकेकोमा क्षमा मागेका छन्।

रावलले सामाजिक सञ्जाल ट्विटमा लेखेका छन्, ‘जनता, विशेषतः अछामी मतदाताका सामु स्वच्छ र नैतिक राजनीतिक जीवन तथा देशको सर्वोपरि हितमा समर्पित रहने बाचा अनुसार मैले अनैतिक र दूषित राजनीतिको मतियार नहुन प्रतिनिधि सभाको सदस्यबाट राजीनामा दिएको छ। अछामी जनताले ५ वर्षका लागि दिएको मत पूरा अवधि संरक्षण गर्न नसकेकोमा क्षमा चाहन्छु।’

भीम रावलले २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा तत्कालीन माओबादी केन्द्र र एमाले बिच भएको गठबन्धनबाट २४ हजार ८८३ मत पाएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भरतकुमार स्वाँरले १७ हजार ७१९ मत पाएका थिए।

तपाईको प्रतिक्रिया