अछाम :अछाम गजल मञ्चले अछाम जिल्लालाई जोडेर सामाजिक सञ्जालमा आएका अभिव्यक्ती प्रति ध्यानाकर्षण भएको जनाएको छ । मञ्चले एक विज्ञप्ती जारी गर्दै जिल्लाका गजलकारहरुको रचना चोरी गर्ने र अछामलाई जोडेर अभिव्यक्ती दिएको भन्दै आपत्ती जनाएको हो ।
केही दिन यता अछाम जिल्लामा घर भएका गजलकार कमल संर्घष र मञ्चका अध्यक्ष जीवन सरोवर लगायत अन्य धेरै स्रष्टाका गजल र मुक्तकको नक्कल गरेर सामाजिक सञ्जालमा प्रकाशित गर्ने सल्यान कला साहित्य परिषका अध्यक्ष भरत रोकाया उर्फ उक्सन आर्सीको अभिव्यक्ती प्रति मञ्च अछामले बोल्न बाध्य भएको विज्ञप्ती मार्फत जनाएको छ ।
मञ्चले वास्तवीकता नबुझेर अछाम र जिल्लाका स्रष्टामाथि भएको शाब्दीक प्रहारको विज्ञप्ती मार्फत घोर निन्दा गर्दै रचना चोरीको प्रमाण सार्वजनिक हुदाँ पनि कथित अभियान्ताहरले आरोपतिको पक्षमा वकालत गर्नुले पनि प्रश्च चिन्ह खडा गरेको छ विज्ञप्तीमा भनिएको छ ।
कसैको बौद्धिक सम्पतीमा खेलवाड नगर्न र त्यसको बचाउन गर्ने पक्षमा समेत नलाग्न अपित गर्दे मञ्चले सत्यको पक्षमा उभिने सामथ्र्य राख्न सबैमा अनुरोध गरेको छ । साथै अछामलाई जोडेर दिएका उक्त अभिव्यक्ती र रचनाको बिषयमा चित्तबुझ्दो जवाफ नदिए आवश्यक कानुनी बाटो अपनाईने समेत विज्ञप्तीमा उल्लेख गरिएको छ ।
६० र ७० को दशकमा अछाम जिल्लामा उदाएका गजलकारहरुको गजलको बिषयमा अछामले बोलिरहनु पर्ने अवस्था छैन, मञ्चका अध्यक्ष जविन सरोबर तथा सचिव मिन बाब्ली मिलनद्धारा हस्ताषरित विज्ञप्तीमा भनिएको छ अब लगतै मञ्चको साधारण सभा गरी नेपाली गजल श्रीबृद्धीका लागि गतिबिधी संचालन गरिनेछ ।
मञ्चले अछाम जिल्लामा २०७१ सालमा आयोजनामा सम्पन्न भएको ऐतिहासिक अछाम गजल महोत्सवमा आएका कुराको समेत विज्ञप्ती मार्फत खण्डन गरेको छ । कपोकल्पीत र भाम्रक कुरा फैलाईएको भन्दै त्यस्ता हल्लाका पछि नलाग्न अध्यक्ष सरोवरले अपिल गरेका छन् ।