Advertisement
SKIP THIS
अछामको मंगलसैनमा आँखा उपचार केन्द्र स्थापना

अछाम: अछामको मंगलसैनमा आँखा उपचार केन्द्र स्थापना भएको छ।

नेपाल नेत्रज्योति संघ गेटा आँखा अस्पतालले मंगलसेन नगरपालिका र सेभ नेपालको सहयोगमा उपचार केन्द्र स्थापना गरेको हो ।

सुदूरपश्चिम प्रदेशको सबै क्षेत्रमा आँखा उपचार सेवा विस्तार गर्ने क्रममा मंगलसेनमा पनि आँखा उपचार केन्द्र स्थापना गरेको गेटाका वाह्य कार्यक्रम व्यवस्थापक रमेश चन्द्र भट्टले बताए।

उक्त उपचार केन्द्रमा अत्याधुनिक उपकरणहरुको प्रयोग गरी आँखा परीक्षण, औषधि उपचारको साथै सामान्य शल्यक्रिया समेत गरिने उनले बताए।

केन्द्रमा स्वास्थ्य बीमाका बीमितहरुका लागि निःशुल्क उपचार, औषधि तथा वर्षमा एक हजारसम्मको चश्मा समेत निःशुल्क उपलब्ध गराइने छ।

कोरोनाको संक्रमणको जोखिमको कारणले बिगत लामो समयदेखि आँखा उपचार सेवाबाट बञ्चित रोगीहरु उपचार केन्द्रबाट लाभान्वित विश्वास लिइएको छ।

तपाईको प्रतिक्रिया