Advertisement
SKIP THIS
बजार बाइकको मूल्य फेरि बढ्यो

बजार बाइकको मूल्य फेरि बढेको छ। नेपालका आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले बिहिबारदेखि लागू हुने गरी नयाँ मूल्य सूची सार्वजनिक गरेको हो।

पछिल्लो समय नेपाली बजारमा बजाजको मूल्य बढ्दै गएको छ। तर नेपालमा बजाज बाइकले राम्रो बजार पाइरहेको छ।

यस पटक बजाजको ९ वटा मोडलको मूल्य बढेको हो। विभिन्न मोडलका बाइकमा दुई हजार रुपैयाँदेखि चार हजार रुपैयाँसम्मले मूल्य वृद्धि भएको छ।

बजाजको पल्सर १५० एसडीको मूल्य २ हजारले वृद्धि भएको छ। यसको नयाँ बजार मूल्य २ लाख ६८ हजार ९ सय पुगेको छ। त्यस्तै पल्सर १६० एनएस टिडी एबिएस, पल्सर २२० एफ एबिएस, एभेन्जर १६० स्ट्रिट एबिएस र एभेन्जर २२० क्रुसको मूल्य पनि २ हजारले वृद्धि भएको छ।

पल्सर २०० एनएस एबिएस र पल्सर २०० एनएस एफआइ एबिएसको मूल्य ३ हजारले बढेको छ भने डोमिनार २५० एबिएस र डोमिनार ४०० एबिएसको मूल्य ४ हजारले बढेको छ।

कतिपय बाइकको मूल्य भने यथावत नै छ। ब

तपाईको प्रतिक्रिया