निराकरण सम्वाददाता अछाम:चाैरपाटी गाउँपालिकाका १६० घरदुरीलाई नि:शुल्क साेलार सेट वितरण गरिएकाे छ ।
बैकल्पिक उर्जा प्रवद्वर्न केन्द्र काठमाण्डाैकाे अार्थिक सहयाेग हाेम्स सिआरसि नेपाल जेभि कम्पनी तथा चाैरपाटी गाउँपालिकाकाे समन्वयमा साेलार वितरण गरिएकाे हाे ।
गरीवीकाे रेखामुनी रहेका तथा उज्यालाेबाट बन्चित रहेका घरदुरीलाई साेलार वितरण गरिएकाे चौरपाटी गाउँपालिकाले जनाएकाे छ ।
उज्याेलाेबाट बञ्चित भएका स्थानिय साेलार पाउँदा खुशि भएका छन । नि:शुल्क साेलारका लागि २०७७ सालमा आवेदन मागेकाे ३ सय जना बढीले आवेदन दिए पनि बैकल्पिक उर्जा प्रवद्वर्न केन्द्रकाे मापदण्ड पूरा गरेका १६० घरदुरी छनाेटमा परेकाे साेलार हाेम्स सिआरसि नेपाल जेभि कम्पनीका प्रतिनिधि प्रेमराज पाण्डेले जानकारी दिए।