निराकरण सम्वाददाता अछाम साँफेबगर नगरपालिकाको वस्ति वस्तिमा कोरोना संक्रमण बढ्दै गएपछि नगरपालिकाले नगरका स्वास्थ संस्थाको अनुगमन कार्यलाई तिब्र रुपमा अघि बढाएको छ । साँफेबगर नगरपालिकाकाका प्रमुख कुलबहादुर कुँवरको नेतृत्व सोमबार तीन वटा स्वास्थ संस्थामा स्वास्थ अनुगमन गरिएको छ ।
शिद्देश्वर, बुढाकोट र पातलकोट स्वास्थ संस्थाको नगर प्रमुख कुँवरको नेतृत्वमा स्वास्थकर्मि टोलिले अनुगमन गरेको छ । नगर प्रमुख कुँवरले नेपाल सरकारबाट उपलव्ध गराउदै आएका ३३ प्रकारकाव र साँफेबगर नगरपालिकाले उपलब्ध गराएको ७ प्रकारका औसधिको बारेमा सङ्ग स्वास्थ संस्थासङ्ग औषधिको बारेमा जानकारी लिए ।तिन वटै स्वास्थ संस्थामा अहिलेसम्म कुनै प्रकारको औसधि अभावमा नरहेको जानकारी दिए।
नगर प्रमुख कुँवरले कोरोना संक्रमण वस्ति वस्तिमा बढ्दै गएका कारण जनतालाई सचेत गर्ने पार्न अभियानमा लाग्न स्वास्थकर्मिलाई निर्देशन दिए। उनले स्वास्थ संस्थामा कुनै प्रकारका औषधि अभावमा भएमा खबर गर्न आग्रह गरे । अनुगमनका क्रममा स्वास्थ संस्थाले नगरपालिकाबाट प्राप्त औसधिको रेकर्ड नराखेको पाईएको जनस्वास्थ्य निरीक्षक लक्ष्मणनाथ योगिले जानकारी दिए। स्वास्थ संस्थाको सेवा प्रवाह भने संतोषजनक रहेको उनको भनाई रहेको छ ।