काठमाडौं : सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट ल्याएको छ ।
जसअन्तर्गत चालू खर्चतर्फ कूल ६ खब ७८ अर्ब ६१ करोड, पूँजीगत खर्चतर्फ ३ खर्ब ४७ अर्ब २६ करोड, वित्तिय व्यवस्थातर्फ २ खर्ब ७ अर्ब ९७ करोड र प्रदेश र स्थानीय तहतर्फ ३ खर्ब ८६ अर्ब ७१ करोड बिनियोजन गरिएको हो ।
अर्थमन्त्री विष्णु पौडेलले प्रतिनिधिसभा विघटन भएकाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहदरबारबाट बजेट भाषण गरेका हुन्।