काठमाण्डौ:कोभिड रोकथाम तथा उपचारको लागि वैशाखसम्म सरकारले २३ अर्ब १६ करोड रुपैयाँ खर्च गरेको छ । देशभर औषधि, उपकरण, उपचार सामग्रीको आपूर्ति र संक्रमित व्यक्तिको व्यवस्थापन, कोभिडसम्बन्धी पूर्वाधारलगायतमा ३४ अर्ब ११ करोड रुपैयाँ जम्मा भएकोमा अर्थ मन्त्रालयले कोरोना कोष सहित वैशाखसम्म सो रकम खर्च भएको हो ।
अब १० अर्ब ९५ करोड रुपैयाँ खर्च हुन बाँकी रहेको अर्थमन्त्रालयले जनाएको छ । संघीय कोरोना कोषमा वैशाखसम्म २ अर्ब ९३ करोड रकम जम्मा भएकोमा २ अर्ब ५२ करोड खर्च भइसकेको छ । त्यसैगरी चालू आर्थिक वर्षमा समेत गरी संघीय बजेट प्रणालीबाट कोभिड १९को संक्रमण १३ अर्ब ६१ करोड विनियोजन भएकामा ८ अर्ब ५४ करोड खर्च भएको छ ।
वैशाखसम्म प्रदेश र स्थानीय तहबाट कोरोना कोषमा जम्मा भएको तथा विनियोजन गरेको १७ अर्ब ५७ करोडमध्ये १२ अर्ब ९ करोड खर्च भएको छ । संघीय बजेट प्रणालीबाट कोभिड १९ को संक्रमण १३ अर्ब ६१ करोड विनियोजन भएकामा ८ अर्ब ५४ करोड खर्च भएको छ । वैशाखसम्म प्रदेश र स्थानीय तहबाट कोरोना कोषमा जम्मा भएको तथा विनियोजन गरेको १७ अर्ब ५७ करोडमध्ये १२ अर्ब ९ करोड खर्च भइसकेको छ ।