Advertisement
SKIP THIS
यता घर चलाउनुछ,भनी खाडी छिरेकाे छोराको ….

जिन्दगी नहुदासम्म सारथि अभावमा वित्छ,
भयपछी रात दिन उनैकाे दवावमा वित्छ ।

कारण – वस घर पुग्न ढिलाे भैहाल्याे भने पनि,
तेर्छिन्छन अनेक प्रशन,रात प्रतिकारीक जवाफमा वित्छ।

हिजाेका दिनहरु प्रेमि प्रेमिकाकै पछि लागेर सक्किन्थे
अचेल चिया पिउदै,अनेक विषयकाे गफगाफमा वित्छ ।

यता घर चलाउनुछ भनी खाडि छिरेकाे छाेराकाे
उता पुरा जिन्दगि भरकाे समय, ताताे वाफमा वित्छ ।

यति मायामाेह लाेभ लालच अाखिर केका लागि मित्र
जब सिँगाे शरीर पनि त कुनै एक दिन राफमा वित्छ ।।

लक्ष्मन भट्ट आकास
दिपायल डोटी

तपाईको प्रतिक्रिया