निराकरण सम्वाददाता अछाम :अछाममा कोभिड १९ को दोस्रो लहरमा मंगलबार थप ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
कमलबजार नगरपालीकाले स्थापना गरेको पिसिआर प्रयोगशालामा पछिल्लो २४ घण्टामा ९६ जनामा गरिएको परिक्षणमा ३१महिला ४६ पुरुष गरी ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
कोरोना पुष्टि हुनेमा सबै कमलबजार नगरपालीका भित्रका रहेका छन् । कोरोना पुष्टि हनेमा वडा नं १,२,५,८,९र १० का १ बर्ष देखि ७० बर्षमा रहेका छन् ।७७ जना मध्ये १८ जना बालबालिकामात्रै रहेका छन ।