निराकरण सम्वाददाता अछाम :अछाममा कोभिड १९ को दोस्रो लहरमा आईतवार थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
कमलबजार नगरपालीकाले स्थापना गरेको पिसिआर प्रयोगशालामा पछिल्लो २४ घण्टामा ९६ जनामा गरिएको परिक्षणमा ११ महिला ३३ पुरुष गरी ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
कोरोना पुष्टि हुनेमा साफेबगर नगरपालीका १,२,३,४,६,८,१० र ११ का ७ महिला १७ पुरुष गरी २४ जना बान्नीगढी जयगढ गाउँपालीका ५ र छ का ४ महिला १४ पुरुष गरी १८ जना र कमलबजार नगरपालीका २ र ७ का ३५र ३६ बर्षका २ पुरुष रहेका प्रयोगशालाका सूचना अधिकारी टेक बहादुर बिष्टले जानकारी दिए।