Advertisement
SKIP THIS
उपाध्यक्ष साउँदले जिते कोरोना

अछाम : स्वास्थ्यकर्मी छत्र साँउद कोरोना भाईरस कोभिड १९ को संक्रमण मुक्त भएका छन् । बयालपाटा अस्पतालमा कार्यरत हेल्थ एसिसटेण्ट साँउद १४ दिनमा संक्रमण मुक्त भएका हुन् ।

आकस्मिक कक्षका ईन्चार्जका रुपमा कार्यरत उनलाई कोरोना संग मिल्दोजुल्दो लक्षण देखिए पछि एण्टीजेन बिधिबाट परिक्षण गरिएको थयो ।

परिक्षणका क्रममा उनलाई कोरोना देखिएपछि अस्पतालकै आईश्वलेसन वार्डमा उपचाररत थिए । १४ दिनको उपचार पछि उनि संक्रमण मुक्त भएका छन् ।

हेल्थ एसोशिएसन नेपाल अछामका उपाध्यक्ष समेत रहेका साँउद निको भएर घर फर्के संगैँ नियमित काममा पनि सक्रिय भएका छन्

कोरोनाको दोश्रो लहरमा असपतालका ५ जनालाई सक्रमण देखिएका मध्ये अन्य ४ जना भने आईश्वलेशनमै उपचार गराईरहेका छन् ।

तपाईको प्रतिक्रिया